काठमाण्डौ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले यही फागुन २४ गते शनिबार काठमाण्डौको लैनचौरस्थित लैनचौर बैङ्क्वेट्समा सभा डाकेको हो। सभामा गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्तावित गरिएको लाभांश पारित हुनेछ।
कम्पनीले सेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँको ६ प्रतिशतले हुन आउने बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ३२ लाख २२ हजार ९४७.३७ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ।
सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी ६ जना सञ्चालक चयन गर्नेछ।
त्यस्तै सभामा कम्पनीको जारी तथा चुक्ता पुँजीको अनुपातमा संस्थापक सेयरधनी समूहतर्फ ८० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहतर्फ २० प्रतिशत रहेकोमा त्यसलाई संशोधन गरी संस्थापक समूहतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत कायम गर्ने प्रबन्धपत्रको दफा ७ (क) संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ।
साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले फागुन १२ गतेदेखि फागुन २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय कम्पनीले जनाएको छ। फागुन ११ गतेभित्र कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19