काठमाण्डौ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ।
आईएमई लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिलेभन्दा अझ बढी र गुणस्तरीय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणलाई दिने विश्वास कम्पनीले लिएको छ।
लाइफ इन्स्योरेन्स कम्पनीहरुमध्ये च्याटबोटमार्फत सर्वप्रथम सेवा दिने पहिलो कम्पनी आईएमई लाइफ इन्स्योरेन्सले आजभन्दा एक वर्षपहिले आजकै दिनबाट च्याटबोट सेवा उपलब्ध गराएको हो। एक वर्षमा प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी थप सुविधासहित प्रविधिमैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनीद्वारा जनाइएको छ। थप सुविधा दिन तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स तथा डिजिटल प्रविधि अपनाएर एपमा समेत चल्ने र सुविधा दिन सक्ने बनाइएको छ।
बितेको एक वर्षमा दैनिक औसतमा ४५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको र हालसम्म झन्डै १ लाख ७० हजारवटा प्रश्नहरु आएको तथा च्याटबोटद्वारा समाधान गरिएको छ। यसबाट पनि उक्त च्याटबोट आजको प्रविधिमैत्री समाजमा अत्यन्त उपयोगी रहेको कुरा पुष्टि हुन्छ।
सेवाग्राहीलाई बीमासम्बन्धी प्रश्नहरुको भरपर्दो उत्तर दिई छिटोछरितो रुपमा सेवा प्रदान गरी कार्यालयमा गइरहनुपर्ने झन्झटबाट मुक्त गर्ने गरी नयाँ स्वरुपमा आएको च्याटबोट आईएमई लाइफ डाइरेक्ट एक प्रकारले आईएमई लाइफको भर्चुअल कार्यालयका रुपमा आफूलाई उभ्याउन सफल हुने तथा बढीभन्दा बढी ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणलाई सेवा दिन सफल हुनेमा आफू विश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago