काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डासहित महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ।
संस्थाको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो। सभा यही पुस २४ गते शुक्रबार काभ्रे साँगास्थित केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ।
सभाले हाल कायम जारी पुँजीको ४० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसैगरी उपयुक्त एक वा एकभन्दा बढी ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था गाभ्ने वा प्राप्ति गर्ने सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियार दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभामा गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलगायत महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19