काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ। 

कम्पनी सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। 

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब १२ करोड ७१ लाख १५ हजार २०० रुपैयाँको कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश छन्। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १९ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।