काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको आज सम्पन्न १९ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९को लाभांश पारित भएको छ। 

काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न सभाले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशत (५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश) लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको हो। सभाले आर्थिक वर्ष २०७९–८० का लागि बाह्य लेखापरीक्षकमा एन. अमात्य एन्ड कम्पनी चार्टर्ड अकाउन्टेन्टसलाई नियुक्त गरेको छ।

चुक्तापुँजी रु. १ अर्ब १२ करोड ७१ लाख रहेको फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र २० वटा एटीएममार्फत १ लाखभन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै चालु आर्थिक वर्षसम्म रु. १८ अर्ब ७७ करोड निक्षेप संकलन र रु. १३ अर्ब ८८ करोड कर्जा प्रवाह गरिसकेको छ।