काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा १४.६९ प्रतिशतले बढाउन सफल भएको छ । 

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिसम्म संस्थाले ८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष यही अवधिसम्म संस्थाले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म संस्थाले ६ करोड २ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ । 

समीक्षा अवधिसम्म संस्थाले ११ करोड २९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । जुन गत वर्ष यही अवधिसम्म ९ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।

दोस्रो त्रैमाससम्म संस्थाले २२ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्ष यही अवधिसम्म १८ करोड ११ लाख रुपैयाँ थियो । 

समीक्षा अवधिसम्म संस्थाले ११ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म संस्थाले १० अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले रिजर्भको आकार २०.०६ प्रतिशतले बढाएको छ । गत वर्ष यही अवधिमा २७ करोड २९ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ३२ करोड ७७ हजार रुपैयाँ पुगेको छ ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १८.५८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) ८.६१ रहेको छ ।