काठमाण्डौ । अहिलेको समयमा इमोजी हाम्रो कुराकानीको अहम् हिस्सा बनिसकेको छ । यसबाट हाम्रो कुराकानी मात्र सहज भएको छैन, बरु आफ्नो अनुुभूति व्यक्त गर्नका लागि यो तरिका एक राम्रो माध्यम बनिसकेको छ ।
अहिलेसम्म तपाईले आफ्नो कमेन्ट वा स्टाटस अपडेटमा इमोजिजको माध्यमबाट आक्रोश, खुशी या मायालुपनजस्ता अनुुभूतिहरु व्यक्त गर्नुहुन्थ्यो, तर अब चाँडै तपाईले इमोजीलाई पासवर्ड बनाउने प्रयोग गर्न सक्नुहुुन्छ ।
खोजकर्ताहरुले स्मार्टफोन प्रयोगकर्ताहरुका लागि इमोजीमा आधारित लगइन सिस्टम तयार गर्ने बिषयमा काम गरिरहेका छन् । जसबाट अब तपाईले आफ्नो मोवाइल अनलक गर्नका लागि कुनै नम्बर सम्झिरहन आवश्यक छैन । यसको ठाउँमा तपाईले अब आफूलाई मनपर्ने इमोजी पासवर्ड बनाउन सक्नुहुन्छ ।
अहिले अधिकांश मोवाइल प्रयोगकर्ता आफ्नो मोवाइलको स्क्रीन लक राख्छन्, यसमा अधिकांश मानिस न्यूमेरिक पिनको प्रयोग गर्छन । तर खोजकर्ताहरुले भनेका छन् कि इमेजलाई सम्झनु वा चिन्नु नम्बरको तुलनामा ज्यादा सहज हुनेछ । नम्बरबाट पासवर्ड बनाउन तपाईसँग ० देखि ९ सम्मको अप्सन हुन्छ, तर इमोजीको कुरा गर्ने हो भने यो २५०० भन्दा बढी छ । यसको कम्बिनेशनबाट एक सुुरक्षित पासवर्ड निर्माण गर्न सक्छन् ।
शोधको क्रममा यो कुरा बाहिर आएको छ कि मोवाइल अनलक गर्न पिनको बदलामा इमोजी पासवर्ड लगाउँदा धेरै आनन्द हुनेछ । खोजकर्ताहरुले यो पनि पाएका छन् कि इमोजी कम्बिनेशनबाट तयार गरिने पासवर्डलाई सम्झन न्यूमेरिक पासवर्ड भन्दा बढी सजिलो हुनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago