Symbolic Image
-रेखा चन्द
काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाता खोल्नेहरुको संख्यामा उछाल आएको छ।
नेपाल राष्ट्र बैंककाअनुुसार पछिल्लो १ वर्षमा बैंकमा खाता खोल्नेको संख्यामा उछाल आएको हो।
गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म ७४ लाख बढीले बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाता खोलेको केन्द्रीय बैंकले जनाएको छ। यो अवधिमा कुल ७४ लाख ४२ हजार ८० जनाको बचत खाता बैंक तथा वित्तीय संस्थामा थपिएको छ।
यसले सर्वसाधारणमा बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोली पैसा राख्नेको संख्या बढिरहेको देखाउँछ भने आकर्षक निक्षेप योजनाहरुमा उपलब्ध हुन थालेको आकर्षक ब्याजदर र सुनिश्चित रिटर्नले सर्वसाधारण आकर्षित भएका देखिन्छ ।
केन्द्रीय बैंक तथा वित्तीय संस्थाहरुले देशैभर आक्रामक ढंगले बढाएका बैंकिङ सचेतना अभियानका कारण समेत बैंकमा खाता खोल्नेको संख्या बढेको जानकार बताउँछन् ।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम(स्रोत)को चरम अभाव भएको छ । यस्तो बेलामा लगानीका अन्य विकल्पमा पनि रिटर्नको ग्यारेण्टी छैन । तर, स्रोत तान्ने होडबाजीमा बैंकहरुले निक्षेपसँग सम्बन्धित विभिन्न स्किमसँगै निक्षेपकर्तालाई रिटर्नको ग्यारेण्टी पनि गरेका छन् ।
अहिले बैंकहरुले मुद्धति निक्षेपका नयाँ नयाँ योजना सार्वजनिक गर्दै निश्चित समयमा १० गुुणासम्म प्रतिफल पाउने घोषणा गरिरहेका छन् । रिटर्नको ग्यारेण्टी हुने र जोखिमरहित यस्ता योजनामा सर्वसाधारण तानिँदा समेत निक्षेप खाता खोल्नेको संख्यामा उछाल आएको हो ।
आर्थिक वर्ष २०७८–७९ को असोज मसान्तमा वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीमा कुल ३ करोड ९४ लाख १३ हजार ५५५ वटा निक्षेप खाता थिए। जसमा ‘क’ वर्गका वाणिज्य बैंकमा ३ करोड ४२ लाख ६७ हजार ४६४ खाता रहेकोमा ‘ख’ वर्गका विकास बैंकमा ४६ लाख २ हजार ३३ वटा थिए। यस्तै फाईनान्स कम्पनीहरुमा भने ५ लाख ४४ हजार ५८ वटा खाता खुुलेका थिए।
चालुु आर्थिक वर्ष २०७९–८० को असोज मसान्तमा निक्षेप खाताको संख्या बढेर ४ करोड ६८ लाख ५५ हजार ६४३ पुुगेको छ। केन्द्रीय बैंकका अनुुसार वाणिज्य बैंकमा कुल ४ करोड ४ लाख ७३ हजार ५४८ खाता खुुलेका छन्। यस्तै विकास बैंकमा ५६ लाख ९८ हजार ९१४ र फाईनान्स कम्पनीहरुमा ६ लाख ३ हजार ११ वटा खाता पुुगेका छन्।
पछिल्लो १ वर्षमा वाणिज्य बैंकमा सबैभन्दा धेरै ६२ लाख ६ हजार ४ नयाँ निक्षेप खाता थपिएको राष्ट्र बैंकले जनाएको छ। विकास बैंकमा १० लाख ९६ हजार ८१ वटा र फाईनान्स कम्पनीमा १ लाख ३९ हजार १२३ बटा नयाँ खाता थपिएका छन्।
यता, निक्षेप खाता मात्रै नभई ऋणीको संख्या पनि बढेको छ। १ वर्षमा बैंक तथा वित्तीय संस्थामा कुल ५७ हजार ३२९ कर्जा खाता थप भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ। गत वर्षको असोजमा १७ लाख ६४ हजार ४५८ वटा कर्जा रहेकोमा यो असोजसम्म आउँदा बढेर १८ लाख २१ हजार ७८७ पुुगेको छ।
यो असोज मसान्तसम्म आउँदा बचतको ब्याजदर बढेर औषतमा ८.१६ प्रतिशत पुुगेको छ। जुन गत असोजमा ५.४३ प्रतिशत थियो। साथै, यस अवधिमा कर्जाको ब्याजदर पनि बढेर औषतमा १२.१९ प्रतिशत पुुगेको छ। गत असोजमा कर्जाको ब्याजदर औषतमा ८.६९ प्रतिशत थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago