काठमाण्डौ । बढ्दो गर्मी रोक्न धुलो कसरी प्रयोग हुन सक्ला ? आश्चर्य लाग्न सक्छ । अझ भनौँ यो योजना कुनै साइन्स फिक्सनजस्तै लाग्न सक्छ । तर यो सम्भव छ ।
अबको १० वर्षमा पृथ्वीको धुलो नै गर्मी रोक्न उच्च वस्तु बन्न सक्छ । यो योजनाअन्तर्गत हर दिन ८०० भन्दा धेरै ठूलठूला हवाईजहाज लाखौँ टन धुलो पृथ्वीबाट करिब १९ किलोमिटर माथि लगेर स्ट्रेटोस्फियर (समताप मण्डल) मा छर्किनेछ ।
यही धुलोका कारण पृथ्वीको स्ट्रेटोस्फियरमा एउटा धुलोको आवरण बन्नेछ र ठूलो मात्रामा सूर्यको किरण र गर्मी अन्तरिक्षमा फिर्ता पठाइनेछ । यो प्रयोगले पृथ्वीलाई तात्नबाट धेरै हदसम्म बचाउन सक्छ ।
यो कुनै चानचुने योजनाकारको योजना होइन । यो योजनामा हार्वर्ड युनिभर्सिटीका वैज्ञानिकहरु काम गरिरहेका छन् । र, उनीहरुलाई साथ दिइरहेका छन् माइक्रोसफ्टका संस्थापक बिल गेट्स ।
यो योजनाको प्रारम्भिक परीक्षणमा करिब २१ करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । यसका लागि न्यु मेक्सिको रेगिस्तानबाट १९ किलोमिटर माथि गएर एएटा साइन्टिफिक बेलुन करिब दुई किलो चुना छर्नेछ । यसले आकाशमा ट्युब आकारका करिब पौने किलोमिटर लामो र १०० मिटर ब्यास बनाउने छ । यो बेलुनमा जडित सेन्सरले ती धुलोका कारण सूर्यको किरणलाई परावर्तित गर्ने दर र यसको आसपासको हावाको प्रभावबारे विश्लेषण गर्नेछ ।
त्यसो त यो प्रयोग अहिले रोकिएको छ । किनकि यसले कतै गम्भीर चेन रियाक्सन हुने होइन भन्ने आशंका गरिएको छ । त्यस्तै यो प्रयोगबाट स्टे«टोस्फियरमा धुल छर्किंदा पृथ्वीको वजनमा त असर गर्दै भन्ने अर्को आशंका पनि गरिएको छ ।
सन् १९९१ मा फिलिपिन्सको माउन्ट पिनाटुबोमा भएको ज्यावालामुखी विस्फोटका कारण यो योजना बनाउने प्रेरणा मिलेको थियो । यो विस्फोटमा ७०० भन्दा बढी मानिसको ज्यान गयो र लाखौँ मानिस बेघर भए तर यसले वैज्ञानिकलाई स्ट्रेटोस्फियरमा हुने बदलावको अध्ययनको गर्ने मौका दियो । त्यतिखेर पनि विस्फोटबाट निस्केको धुलोका कारण पृथ्वीको तापमान ६ महिनासम्म आधार डिग्री घटेको थियो । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago