-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । सोल्टी होटेल लिमिटेड सबैभन्दा पुरानो र पहिलो पाँचतारे होटेल हो। यो होटेलले सन् १९६५ देखि नेपालमा सेवा सुरुवात गरेको हो ।
तत्कालीन समयमा भारतीय होटेल व्यवस्थापन कम्पनीको व्यवस्थापन र विश्व बैंकको आर्थिक सहयोगमा यो होटेल स्थापना भएको थियो। स्थापनाकालमा यो होटेलमा १०४ वटा कोठा थिए। हाल यो होटेलमा २८२ लक्जरी कोठा छन्। 

यो होटेलले हस्पिटालिटीका अलवा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय एयरलाइन्सहरुमा क्याटरिङ सेवा पनि दिँदै आएको छ। यो होटेलले आफ्नो व्यापार विस्तारका क्रममा राजधानीबाहिर नेपालगन्जमा पनि आफ्नो पहिलो शाखा खोलेको छ।
आधारभुत पक्ष : 
कम्पनीको चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमासिक प्रतिबेदन अनुुसार कम्पनीको चुक्तापूँँजी ८८  करोड ४७ लाख रुपियाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १ अर्व ३२  करोड ४० लाख रुपियाँ रहेको छ । पहिलो त्रैमासमा कम्पनीको खुद मूनाफा १० करोड २३ लाख रुपियाँ रहेको छ । अघिल्लो आर्थिक बर्षको यही  समीक्षा अवधिको तुलानामा कम्पनीको खूद मूनाफामा भने करिब १ करोड ५० लाख रुपैयाँले कमी आएको छ ।

कम्पनीको प्रतिसेयर कुल सम्पती ३१.६३ रुपियाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २४.९७ रुपियाँ रहेको छ । यो कम्पनीको पारभ्यालु रु १० रुपियाँ रहेको छ । कम्पनीको १० वर्षको  औषत लाभांस दर ३५ प्रतिशत रहेको छ । यो वर्ष पनि कम्पनीले ३१ प्रतिशत लाभांश घोषणा गरेको छ । जसको बुक क्लोज बाँकी नै रहेको छ । 
प्राविधिक पक्ष :
फियर एण्ड ग्रिड मिटरको आधारमा 
 फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनीको सेयर भाउ हाल न्युट्रल सेन्टिमेन्टमा देखिन्छ । यसको अर्थ यो कम्पनीमा लगानीकर्ताहरु सामान्य अवस्थामा रहेको देखिन्छ । कम्पनीको ५२ साताको उच्च मूल्य ५२० रुपियाँ छ भने
न्यून मूल्य २०५ रुपियाँ छ । यस कम्पनीको सेयर स्वामित्वको कुरा गर्ने हो भने संस्थापक समूहमा ६९ प्रतिशत र सर्वसाधरणतर्फ जम्मा ३१ प्रतिशत सेयर होल्डर छन् । 


बोलिङगर, म्याक्डी र आरएसआईको आधारमा 
साप्ताहिक रुपमा बोलिङगर ब्यान्डको आधारमा यो कम्पनीको सेयर मूल्य तल्लो ब्यान्डमा चलेको देखिन्छ । अर्थात् करिब ४०० आसपास सम्हालिन खोजेको देखिन्छ । म्याक्डी मार्फत् नियाल्दा भदौ महिनामा बनेको वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ रहेको छन् तर छोटा- छोटा हुँदै गएका छन् । आरएसआई ओभर बट जोन ८८ बाट खसेर हाल न्युट्रल जोन ५२ मा चलेको देखिन्छ । यसअघि घट्दा यस्तो विन्दु ४२ सम्म आएको देखिन्छ । समग्र तीन वटै इन्डिकेटरबाट हेर्दा कम्पनीको सेयर साइडवेज चल्दै गरेको देखिन्छ । यिनै इन्डिकेटरमार्फत्  डेली बेसमा मध्य ब्यान्डमा सपोर्ट लिएको यो कम्पनीको सेयर भाउ अधिक करेक्सन आएको खण्डमा अल्पकालमा ३७५ रुपियाँसम्म आउन सक्छ । 

 सुपर ट्रेन्डको आधारमा 
 सुपर ट्रेन्डको आधारमा यो कम्पनीको सेयरको मुभमेन्टम र आगमी दिशालाई नियाल्दा हाल पनि बुलिस नै देखिन्छ । अर्थात् मूल्य रेखाले सुपर ट्रेन्डको रेखालाई तलबाट काटेर माथि लागेको छ । कम्पनीको सेयर भाउ ३९० रुपियाँभन्दा माथि-माथि चलुन्जेल अप ट्रेन्ड नै चलको बुझिन्छ । 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 
प्रतिरोध ३ –४९२
प्रतिरोध २ –४७०
प्रतिरोध १– ४२९
पिभट प्वइन्ट : ४०९

घटेमा सपोर्ट 
सपोर्ट १– ३६६
सपोर्ट २– ३४४
प्रतिरोध ३ –३०३

निष्कर्ष :  आधारभुत यो कम्पनी
लाई नियाल्दा यो कम्पनीले पछिल्लो वर्षमा रिर्टन अन इक्विटी र जगेडा कोषमा प्रगति गरेको देखिन्छ । अर्थात् बढ्दो क्रममा रहेको देखिन्छ ।  बुक भ्यालु र प्रतिसेयर आम्दानीमा पनि प्रगति देखिन्छ । चालू आवको पहिलो त्रैमासमा अघिल्लो आवको तुलनामा खूद मूनाफामा भने करिब १ करोड ५० लाख  रुपियाँ जति कमी देखिन्छ । तर जगेडा कोषमा भने बढोत्तरी नै रहेको छ । यो भनेको दीर्घकालिन लगानीको लागि उत्तम नै छ भन्ने हो ।

प्राविधिक  रुपमा यो कम्पनीको सेयरको मुभमेन्टलाई पिभट् मार्फत्  नियाल्दा पछिल्लो पटक  पहिलो प्रीतरोध ४३० रुपैयाँको आसपासमा प्रतिरोध सामना गरेको देखिन्छ ।

हालको सपोर्ट भने पिभट् प्वइन्ट ४०९ रुपियाँमा देखिन्छ । आगमी दिनमा बढेमा ४७०  रुपैयाँमा दोस्रो प्रतिरोध र तेस्रो   प्रतिरोध भनेको ४९२ रुपियाँमा लिन सक्छ । घटेमा भने ३६६ रुपैयाँमा बलियो सपोर्ट लिन सक्छ । विभिन्न इन्डिकेटरमार्फत् कम्पनीको आगमी सम्भावना नियाल्दा ४०० रुपैयाँ आसपासमा सपोर्ट लियर पुनः माथिको यात्रा तय गर्न सक्छ । 

कम्पनी पछिल्लो पटकको न्यून मूल्य २२५ देखि ५३० रुपियाँसम्म फिवनासी तानेर हेर्दा हाल ०.५ प्रतिशत करेक्सन भएको देखिन्छ । यदि आगामी दिनमा ०.६१ सम्म अधिक करेक्सन हुन्छ भने ३७० सम्म आउन सक्छ । बढेमा भने पुनः ५०० रुपैयाँ आसपास पुग्न सक्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन । )