NMB Bank Limited
काठमाण्डौ । एनएमबी बैंक लिमीटेडले आज(फागुन ३० गते)देखि ३ अर्ब रुपैयाँको ऋणपत्र निश्कासन गरेको छ ।
बैंकले रु. १००० दरका कुल ३० लाख कित्ता ऋणपत्र निश्कासन गरेको हो ।
ऋणपत्रमा छिटोमा चैत ४ गतेभित्र र ढिलोमा चैत १४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
‘१० प्रतिशत एनएमबी डिवेञ्चर–२०८५’ नामको ऋणपत्र १० वर्षमा परिपक्व हुनेछ भने ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन् । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।
कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता डिवेञ्चरले हुन आउने कुल १ अर्ब २० करोड ऋणपूँजी(६० हजार कित्ता म्युचुअल फण्डका लागि) सर्वसाधारणका लागि छुट्याइएको छ ।
बाँकी १८ लाख कित्ता प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ ।
यसअघि बैंकले ५० करोड मूल्यको ‘७ प्रतिशत एनएमबी ऋणपत्र–२०७७’ निश्कासन गरेको थियो । पछिल्लो डिवेञ्चरसहित ऋणपत्रमा एनएमबी बैंकको कुल ३ अर्ब ५० करोडको पोर्टफोलियो तयार हुनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago