काठमाण्डौ । आजदेखि खोलौं बैंक खाता अभियानको थालनी भएको छ ।
आजदेखि देशका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोल्ने प्राकृतिक व्यक्तिले सम्बन्धित संस्थाबाट १०० रुपैयाँ उपहार पाउनेछन् ।
सरकारले चालु आर्थिक वर्षको बजेटमै यो अभियानलाई समेटेकोमा अन्तिम त्रैमासको सुरुवातबाट अभियानको थालनी गरेको हो ।
यो अभियान अन्तर्गत बढी भन्दा बढी नेपालीको बैंक खाता खुलोस् भन्ने उद्देश्यले र खाता नभएकाहरुलाई खाता खोल्नका लागि प्रेरित गर्ने उद्देश्यले नेपाल राष्टबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई २०७६ सालमा खोलिएका खातामा १०० रुपैयाँ राखिदिन केही दिनअघि एक सर्कुलरमार्फत छुट दिने व्यवस्था गरिदिएको थियो ।
केन्द्रीय बैंकले बुधबार एक सर्कुलर जारी गर्दै खाता खोल्दा त्यहाँ बैंकको तर्फबाट हालिने पैसा बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट खर्च गर्न पाउने व्यवस्था गरिदिएको थियो ।
यो अभियान अन्तरगत खाता खोल्दा धेरै झञ्झटको सामना गर्नुपर्नेछैन । खाता खुलाउँदा बैंकहरुले तयार गर्ने फारम सरल खालको हुनुपर्ने र खाता खोल्दा ग्राहकले अन्य बैंकमा खाता नभएको स्वघोषणा गर्नुपर्नेछ । यसको अर्थ बैंकमा हालसम्म खातै नभएकाले मात्र यो सुविधा पाउनेछन् ।
खाता खोल्दा खातावालाको पहिचान झल्कने नागरिकताको प्रमाणपत्र वा राहदानी वा फोटोसहितको मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र वा सवारी चालक अनुमतिपत्र वा कुनै सरकारी निकायले जारी गरेको फोटोसहितको परिचयपत्र भए हुनेछ । वा, सम्बन्धित स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटो सहितको सिफारिसका आधारमा समेत बैंक तथा वित्तीय संस्थाहरुले खाता खोलिदिन सक्नेछन् ।
यो अभियान अन्तरगत खोलिएका खाताको वार्षिक कारोबारको अधिकतम सीमा १ लाख रुपैयाँ तोकिएको छ । यस्तो खाताको वार्षिक कारोबारको सीमा १ लाख बढी भएमा सम्बन्धित खातावालले अहिलेजस्तै कडा केवाइसी भर्नुपर्नेछ ।
अभियानमा अर्थमन्त्रालय, केन्द्रीय बैंक, बैंकर्स संघ र सदस्य बैंकहरुबीच सहकार्य हुनेछ ।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले गत बुधबार बसेको संघको बैठके सबैको बैंक खाता हुनुपर्ने अभियानमा भरपूर सहयोग गर्ने निर्णय भएको जानकारी दिएका थिए ।
यो अभियानलाई सफल बनाउनैका लागि संघले सार्वजनिक विदाको दिन भए पनि बैशाख १ गते सबै बैंक र शाखा खुल्लै राखेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19