काठमाण्डौ । जनता बैंक नेपालले आज सोमबारदेखि थप ६ स्थानमा शाखा विस्तार गरी कारोबार सुरु गर्दैछ । 

जनता बैंकले उपत्यकामा ३ र उपत्यकाबाहिर ३ गरी ६ स्थानमा शाखा खोली औपचारिक रुपमा कारोबार थाल्न लागेको हो । 

बैंकले उपत्यकाका थानकोट, वनस्थली र काँडाखारी तथा उपत्यकाबाहिर धनगढीको सेतोपुल, कपिलवस्तुको तौलिहवा, बागलुङको धौलागिरी चोकमा शाखा विस्तार गरी कारोबार सुरु गर्न लागेको हो । 

यस्सँगै जनता बैंकको देशभर कुल १४१ शाखा पुगेको छ । यससँगै बैंकले ५० शाखारहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउण्टर तथा १०३ एटिएमहरुमार्फत उच्च स्तरीय बैंकिङ्ग सेबा पुर्याउँदै आइरहेको छ ।