काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज चैत्र २४ गतेदेखि २०८० साल असार मसान्तसम्म जीवन बीमा जागरण अभियानअन्तर्गत ‘सुनौलो १०० दिन’ कार्यक्रमको सुरुआत गरेको छ।
पूरै देश आर्थिक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपूर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ। बुटवल क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रमबीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, पश्चिम क्षेत्र साथै मध्य र मध्यपश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृतहरु धोजबहादुर खड्का र सुनिल पोखरेलबाट यस अभियानको उद्घाटन गरिएको थियो।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ब्रान्ड एम्बेसेडर महजोडीसँग सहकार्य गर्दै यस अभियानलाई सम्पन्न गर्ने जनाएको छ।
यस बीमा जागरण अभियानको मूल उद्देश्य आममानिससम्म बीमाको पहुँच पुर्याउने साथै यसका फाइदा, यसमा रहेको रोजगारीको अवसरको चेतना बिकास गर्दै, विभिन्न स्थानीय तहँमा व्यवसायिक अभिकर्ता निर्माण गर्नु हो। मानिसले जे चिज बढी कल्पना गर्दछ, प्रायः त्यही चीज प्राप्त गरिरहेको हुन्छ।
त्यस्तै यस चुनौतीपूर्ण समयमा चुनौतीप्रति मात्र केन्द्रित नभएर सुनौलो दिन बनाउने उद्देश्य लिएर त्यसप्रति बढी केन्द्रित रहँदा सुनौला दिन पनि अवश्य हासिल गर्न सकिन्छ। जीवनको अप्ठ्यारो समयमा सबैभन्दा धेरै काम लाग्ने चिज नै जीवन बीमा हो र संकटको समयमा यसबाट नै बढी मद्दत मिल्दछ।
त्यसैले बीमा विलाशिता हैन अनिवार्य आवश्यकता हो भन्ने जनचेतना जगाउने उद्देश्यका साथ यस आर्थिीक वर्षको बाँकी रहेका १०० दिनलाई सुनौलो बनाउन कार्यक्रम अगाडि बढाउन केन्द्रित रहेको कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago