काठमाण्डौ । भारतीय सेयर बजार नियामक निकाय सेबीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बन्द भएको ३ दिनभित्र कम्पनीको सेयर सूचीकरण गर्नुपर्ने नियम आज सेप्टेम्बर १ देखि लागू भएको छ। 

यसअघि भारतमा आईपीओ बन्द भएको ६ दिनभित्र सेयर सूचीकरण गर्नुपर्ने नियम थियो। अब भने सो समयसीमा घटाएर ३ दिन लागू गरिएको हो। यो नयाँ नियमले आईपीओ जारी गर्ने कम्पनी र त्यसमा लगानी गर्नेहरुलाई फाइदा पुर्याउने सेबीले जनाएको छ। 

सेबीले यस सम्बन्धमा पहिले जारी गरेको अधिसूचनामा भनेको थियो कि सेप्टेम्बर १ पछि आउने सबै आईपीओका लागि सूचीकरण समयको नयाँ नियम स्वेच्छिक रूपमा लागू हुनेछन्। यसका साथै डिसेम्बर १ देखि कम्पनीहरुले अनिवार्य रूपमा यो नियम पालना गर्नुपर्नेछ। 

सेबीको गत जुन २८ मा बसेको बैठकमा आईपीओमा यो नियमलाई अनुमोदन गरेको थियो। –एजेन्सी