काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ।
वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले भोलि माघ ३० बुक क्लोज गरेको छ। यसको अर्थ आज माघ २९ गतेसम्म कायम सेयरधनीहरुमात्र यो संस्थाको लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।
गत आर्थिक वर्षको मुनाफाबाट स्वाभिमान लघुवित्तले कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २० प्रतिशतले हुन आउने बोनस र १.०५ प्रतिशतले हुन आउन नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश संस्थाको आउँदो फागुन १३ गते हुने चौथो वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19