काठमाण्डौ । सुनको भाउ आज मंगलबार पनि थोरै ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले गिरावट आएको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८५० रुपैयाँमा झरेको छ।
हिजो सोमबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले सस्तो भएको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ५० रुपैयाँ कायम भएको थियो।
चाँदीको भाउ भने चौथो दिन आज पनि स्थिर रहेको छ। लगातार ४ दिनदेखि चाँदी तोलाको १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत मंसिर २५ गतेदेखि चाँदीको भाउ १५ रुपैयाँले घटेर १ हजार २०० रुपैयाँ कायम भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19