काठमाण्डौ । यो साता लगातार दुई दिनदेखि सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार पनि सुनको भाउ स्थिर रहेको हो। सुनको भाउ हिजो पनि स्थिर नै रहेको थियो।
महासंघका अनुसार आज प्रतितोला फाइन गोल्ड ९४ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुनको भाउ यही नै थियो।
गत आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यो साता लगातार दुई दिनदेखि स्थिर रहको चाँदीको भाउ आज मंगलबार तोलामा १० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला चाँदी १ हजार २१० रुपैयाँ कायम भएको छ। गत आइतबार र सोमबार भने चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19