काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ यो साता कारोबारको पहिलो दिन आइतबार स्थिर रहेको छ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ९० हजार ५०० रुपैयाँ तेजाबी सुन ९० हजार ६५ रुपैयाँ कायम भएको छ।
गत साता कारोबारको अन्तिम शुक्रबार सुनको भाउ तोलामै ५०० रुपैयाँ घटेको थियो। यो गिरावटसँगै उक्त दिन प्रतितोला छापावाल सुन ९० हजार ५०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६५ रुपैयाँ कायम भएको थियो।
अघिल्लो दिन बिहीबार पनि सुनको भाउ तोलमै ७०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९१ हजार रुपैयाँ र तेजाबी सुन ९० हजार ५६५ रुपैयाँ कायम भएको थियो।
गत साउन १७ गते सुनको भाउले सर्वाधिक उचाइ कायम गरेको थियो। यो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँ बढ्दै प्रतितोला छापावाल सुन ९१ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९१ हजार २६५ रुपैयाँ कायम भएको थियो।
यता चाँदीको भाउ पनि आज आइतबार स्थिर रहँदै प्रतितोला ९४० रुपैयाँ कायम भएको थियो। गत साता कारोबारको अन्तिम दिन शुक्रबार चाँदीको भाउ तोलामै १० रुपैयाँ घट्दै ९४० रुपैयाँ कायम भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19