काठमाण्डौ । यो साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँ कायम भएको थियो।
समग्रमा यो साताभरि सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाका १ हजार २०० रुपैयाँ नै कायम भएको छ। हिजो बिहीबार चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेर १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यो साताभरि चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँमात्र बढेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19