काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको भाउ स्थिर रहेको छ। आज प्रतितोला फाइन गोल्ड ९३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ६०० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार २६० रुपैयाँमै कारोबार भएको थियो।