काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको भाउ स्थिर रहेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले उकालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३०५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार ३०५ रुपैयाँमा किनबेच भएको थियो।