काठमाण्डौ । साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार २०० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19