काठमाण्डौ । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार १५० रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।