काठमाण्डौ । यो साता कारोबारको अन्तिम दिन शुक्रबार पनि सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार १०० रुपैयाँ कायम भएको छ।
लगातार चार दिनको गिरावटपछि हिजो बिहीबार सुनको भाउ तोलामै २ हजार ४०० बढेको थियो । यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ३०० रुपैयाँ कायम भएको थियो।
गत बुधबार सुनको भाउमा रेकर्डतोड गिरावट आएको थियो। यो दिन तोलामै ६ हजार २०० रुपैयाँ घट्दै प्रतितोला फाइन गोल्ड ९५ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उच्च गिरावटसँगै नेपाली बजार पनि प्रभावित भएको हो। अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ प्रतिऔँस २३ डलरले घटेर १ हजार ८९३ रुपैयाँ कायम भएको थियो।
गत मंगलबार विश्वमै रुसले कोरोनाविरुद्धको सफल भ्याक्सिन बनाएको दाबी गरेसँगै विश्व बजारमा अन्य लगानीका क्षेत्रमा आशा बढेको छ। यसले पनि सुनको मूल्यमा गिरावट आएको विश्लेषकहरु बताउँछन्।
गत मंगलबार पनि तोलामै ८०० रुपैयाँ घट्दै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार १०० रुपैयाँ कायम भएको थियो।
गत सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ९०० रुपैयाँ कायम भएको थियो।
यो साता कारोबारको पहिलो दिन आइतबार तोलामै ९०० रुपैयाँ घट्दै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार १०० रुपैयाँ कायम भएको थियो।
गत साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ तेजाबी गोल्ड १ लाख ३ हजार रुपैयाँ कायम भएको थियो। यो दिन सुनको भाउ तोलामै १ हजार रुपैयाँले बढेको थियो।
समग्रमा यो साताभरि सुनको भाउ तोलामै ४ हजार ९०० रुपैयाँको गिरावट आएको छ।
आज चाँदीको भाउमा पुनः उछाल आएको छ। आज तोलामै ६० रुपैयाँ बढ्दै चाँदीको मूल्य १ हजार ३५५ कायम भएको छ।
हिजो बिहीबार पनि चाँदीको भाउ तोलामै ८५ रुपैयाँ बढ्दै १ हजार २९५ रुपैयाँ कायम भएको थियो। समग्रमा भने यो साताभरि चाँदीको भाउमा ५० रुपैयाँको गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19