काठमाण्डौ । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले गिरावट आएको हो। यो गिरावटसँगै प्रतितोला फाइन सुन ९७ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ। योसँगै चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँ कायम भएको छ।
हिजो पनि चाँदीको भाउ तोलामै २५ रुपैयाँ घटेर १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19