काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो सेयर कारोबार दिन आज आइतबार बजारमा अभूतपूर्व उछाल देखिएको छ।
मौद्रिक नीति सेयर बजारमैत्री आएको भन्दै लगानीकर्तामा मनोबल बढेपछि बजारमा उछाल देखिएको हो।
आज लगभग सवा १ घन्टामै नेप्से परिसूचकमा ६ प्रतिशत वृद्धि भएपछि बाँकी कारोबार स्थगित भयो। यो दिन नेप्से परिसूचक ८४.२६ अंकको बढोत्तरीसँगै १४७९.०३ को उचाइमा पुगेको छ। यो दिन बलिया र राम्रा कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्समा पनि १७.३९ अंकको उछाल आएर ३१२.४४ को विन्दुमा पुगेको छ।
आज कारोबारमा आएका १६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। जसमा १२ वटा वाणिज्य बैंकहरु नै छन्।
आज गुराँज लघुवित्त, एनआईसी एसिया बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयरको मूल्यमा १० प्रतिशतको बढोत्तरी भएको छ।
त्यस्तै नेपाल पुनर्बीमा कम्पनी, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी, ज्योति विकास बैंक, एनएमबी बैंक, एनसीसी बैंक, सेन्चुरी कमर्सियल बैंक, मेगा बैंक, मञ्जुश्री फाइनान्स, नेपाल बैंक लिमिटेड र लुम्बिनी विकास बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो।
यो दिन बेस्ट फाइनान्सको संस्थापक सेयरले ३६ लाख ८९ हजार रुपैयाँ, गरिमा विकास बैंकको संस्थापक सेयरले ३२ लाख १० हजार रुपैयाँ, एनएमबी बैंकले २८ लाख ५१ हजार रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकले २० लाख ११ हजार रुपैयाँ, शिवम् सिमेन्टले १९ लाख ४८ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीले १८ लाख ६२ हजार रुपैयाँ, नेपाल बैंकले १२ लाख ८६ हजार रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सले ११ लाख ९३ हजार रुपैयाँ र छिमेक लघुवित्तले ११ लाख ९१ हजार रुपैयाँ बढीको कारोबार गरे।
यसैगरी उच्च कारोबार गर्ने १० कम्पनीहरुभित्र पनि ४ वटा बैंक पर्न सफल भएका छन्। यसमा गरिबमा विकास बैंकको संस्थापक सेयर, एनएमबी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र नेपाल बैंक रहेका छन्।
आज नेप्सेमा सूचीकृतमध्ये १११ कम्पनीका सेयर कारोबारमा आए। यी सबै कम्पनीले आज कमाएका छन्। गुमाउनेमा एउटा पनि कम्पनी छैन।
आज कुल १ लाख ८० हजार ५९६ कित्ता सेयर ६ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँमा कारोबार भएको छ।
आर्थिक वर्ष २०७७/८८ को मौद्रिक नीति सेयर बजारमैत्री हुुँदा आमलगानीकर्ताहरुको मनोबल ह्वात्तै बढ्दो छ। सेयर धितोकर्जा ६५ प्रतिशतको सीमा ७० प्रतिशतमा पुग्नु र धितोमूल्यांकन गर्दा १८० दिनको सट्टा १२० दिन कायम हुुनुुले समेत लगानीकर्ताहरुको ऋण क्षमता बढेको बताइन्छ।
यस्तै ब्याजको किस्ता तिर्ने समयावधि थप हुुँदासमेत यसको सोझो असर सेयर बजारमा सकारात्मक परेको त छ नै घट्दो ब्याजदरले समेत लगानीकर्ताको मनोबल उकासिरहेको बताइन्छ। अन्य सेक्टरहरु हाल लगानीका आकर्षक नभइरहेको अवस्थामा सेयर बजारमा नै लगानी सुरक्षित हुने आश्वसतामा सेयर बजारमा उछाल आइरहेको जानकार बताउँछन्।
कुन बैंकमा कति बढ्यो
१. एनआईसी एसिया बैंक – १०% (वृद्धि), रु. ६२७ (प्रतिकित्ता)
२. नबिल बैंक – १०% (वृद्धि), रु. ८६९ (प्रतिकित्ता)
३. नेपाल इन्भेस्टमेन्ट बैंक – १०% (वृद्धि), रु. ४८४ (प्रतिकित्ता)
४. नेपाल इन्भेस्टमेन्ट बैंक (संस्थापक सेयर) – १०% (वृद्धि), रु. ४०७ (प्रतिकित्ता)
५. एभरेस्ट बैंक – ९.९६% (वृद्धि), रु. ७६२ (प्रतिकित्ता)
६. एनएमबी बैंक – ९.९३% (वृद्धि), रु. ४५४ (प्रतिकित्ता)
७. एनसीसी बैंक – ९.९२% (वृद्धि), रु. २११ (प्रतिकित्ता)
८. सेन्चुरी कमर्सियल बैंक – ९.८८% (वृद्धि), रु. १८९ (प्रतिकित्ता)
९ मेगा बैंक – ९.८६% (वृद्धि), रु. २४५ (प्रतिकित्ता)
१०. नेपाल बैंक – ९.७२% (वृद्धि), रु. २८२ (प्रतिकित्ता)
११. सिभिल बैंक – ८.२८% (वृद्धि), रु. १५७ (प्रतिकित्ता)
१२. कृषि विकास बैंक – ८% (वृद्धि), रु. ४३२ (प्रतिकित्ता)
१३. सिद्धार्थ बैंक – ७.८४% (वृद्धि), रु. ३३० (प्रतिकित्ता)
१४. सानिमा बैंक – ७.८३% (वृद्धि), रु. ३७२ (प्रतिकित्ता)
१५. प्राइम कमर्सियल बैंक – ७.७४% (वृद्धि), रु. २८८ (प्रतिकित्ता)
१६. माछापुच्छ्रे बैंक – ६.५२% (वृद्धि), रु. २४५ (प्रतिकित्ता)
१७. स्ट्यान्डर्ड चार्टर्ड बैंक – ५.९५% (वृद्धि), रु. ६९४ (प्रतिकित्ता)
१८. एसबीआई बैंक – ५.४४% (वृद्धि), रु. ४६५ (प्रतिकित्ता)
१९. बैंक अफ काठमाण्डू – ५.३३% (वृद्धि), रु. २३७ (प्रतिकित्ता)
२०. सिटिजन्स बैंक – ५.१५% (वृद्धि), रु. २०४ (प्रतिकित्ता)
२१. प्रभु बैंक – ५.०२% (वृद्धि), रु. २१५(प्रतिकित्ता)
२२. सनराइज बैंक – ५.०२% (वृद्धि), रु. २५१ (प्रतिकित्ता)
२३. ग्लोबल आईएमई बैंक – ३.९५% (वृद्धि), रु. २६३ (प्रतिकित्ता)
२४. नेपाल बैंगलादेश बैंक – ३.७६% (वृद्धि), रु. २२१ (प्रतिकित्ता)
२५. हिमालयन बैंक – १.९७% (वृद्धि), रु. ५६९ (प्रतिकित्ता)
२६. कुमारी बैंक – ३.०८% (वृद्धि), रु. २०१ (प्रतिकित्ता)
२७. लक्ष्मी बैंक – ३.५१% (वृद्धि), रु. २३६ (प्रतिकित्ता)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19