काठमाण्डौ। नेपाली बजारमा यो साता कारोबारको पहिलो दिन आज आइतबार पनि सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि प्रतितोला छापावाल सुन ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुन ८९ हजार १६५ रुपैयाँ कायम रहेको हो। यो भाउ नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो।
गत साता कारोबारको अन्तिम दिन शुक्रबार पनि सुनको भाउ स्थिर रहेको थियो। उक्त दिन पनि प्रतितोला छापावाल सुन ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुन ८९ हजार १६५ रुपैयाँ कायम रहेको थियो।
गत साता बिहीबार सुनको भाउमा तोलामा एकैदिन १ हजार रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुन ८९ हजार १६५ रुपैयाँ कायम रहेको थियो। त्यसपछि सुनको भाउ स्थिर रहँदै आएको छ।
त्यसो त गत साताभरि सुनको भाउ तोलामै १२ हजार ६०० रुपैयाँको बढोत्तरी आएको थियो।
यो साता कारोबारको पहिलो दिन आइतबार चाँदीको भाउ पनि स्थिर रहँदै प्रतितोला ९३५ रुपैयाँ नै रहेको छ। गत साता शुक्रबार चाँदीको भाउ तोलामै १५ रुपैयाँको गिरावट आउँदै प्रतितोला ९३५ रुपैयाँमा कारोबार भएको थियो।
लामो लकडाउनसँगै बन्द रहेको सुनचाँदीको कारोबार ७५ दिनपछि गत साता आइतबारबाट खुलेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19