काठमाण्डौ । यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार भाउ स्थिर रहँद आज प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको थियो। योसँगै हिजो प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनको भाउ सोमबार पनि तोलामा ४०० रुपैयाँ बढेर प्रतितोला फाइन गोल्ड ९६ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। गत आइतबार पनि भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९६ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ३४० रुपैयाँ कायम भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19