काठमाण्डौ । साताको पाँचौँ कारोबार दिन बिहीबार सुनको भाउ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तालामा ९०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९६ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार १०० रुपैयाँ कायम भएको छ।
सुनको भाउ हिजो बुधबार स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।
गत मंगलबार सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको थियो। यो वृद्धिसँगै मंगलबार प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।
गत सोमबार तोलमा ४०० रुपैयाँ बढेको सुनको भाउ आइतबार भने स्थिर रहेको थियो।
आज चाँदीको भाउ पनि २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३२०रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै प्रतितोला चाँदी १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19