काठमाण्डौ । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको भाउमा बढोत्तरी आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार सुनको भाउ स्थिर रहेको थियो। यो प्रतितोला फाइन गोल्ड ९७ हजार रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
गत शुक्रबार तोलामा ४०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९७ हजार रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ। योसँगै आज प्रतितोला चाँदीको भाउ १ हजार ३२० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार चाँदीको भाउमा १५ रुपैयाँ गिरावट आएको थियो। योसँगै हिजो चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19