काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ८०० रुपैयाँ कायम भएको छ।
गत साता लगातार लगेको सुनको भाउ कारोबारको अन्तिम दिन शुक्रबार भने तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
गता साताभरि सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँले घटेको थियो।
यसैगरी आज चाँदीको भाउ १० रुपैयाँले घट्दै तोलाको १ हजार १५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढ्दै १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।
गता साताभरि चाँदीको भाउ तोलामा १७० रुपैयाँले घटेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19