काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९५ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार तोलामा २०० रुपैयाँ घटेको सुनको भाउ गत बुधबार १०० रुपैयाँले बढेको थियो। यो साता मंगलबार सुनको भाउमा भारी गिरावट आएको थियो। मंगलबार सुनको भाउ तोलामै ३ हजार ४०० रुपैयाँले ओरालो लागेको थियो।
त्यसो त गत आइतबार र सोमबार भने सुनको भाउ तोलामा ५००/५०० रुपैयाँले बढेको थियो।
समग्रमा यो साताभरि सुनको भाउ तोलामा २ हजार रुपैयाँले ओरालो लागेको छ। गत साता शुक्रबार प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँ रहेकोमा यो साता शुक्रबार घटेर फाइन गोल्ड ९५ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ७०० रुपैयाँ कायम भएको छ।
आज चाँदीको भाउ पुनः स्थिर रहँदै १ हजार २२० रुपैयाँ नै कायम भएको छ। चाँदीको भाउ हिजो बिहीबार पनि स्थिर रहेको थियो भने गत बुधबार भने तोलामा ५ रुपैयाँ बढेर १ हजार २२० रुपैयाँ कायम भएको थियो।
समग्रमा यो साताभरि चाँदीको भाउ तोलामा ३५ रुपैयाँले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19