काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार सुनको भाउ ओरालो लागेको छ।
यो साता निकै उतारचढाव भइरहेको सुनको भाउ आज तोलामा ७०० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज यो गिरावटसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ९५० रुपैयाँ कायम भएको छ।
सुनको भाउ मंगलबार तोलामै १ हजार ५०० रुपैयाँले उकालो लागेको थियो । यो बढोत्तरीसँगे हिजो प्रतितोला फाइन गोल्ड ९४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
गत सोमबार सुनको भाउ १०० रुपैयाँले घटेको थियो। योसँगै हिजो प्रतितोला फाइन गोल्ड ९२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले ओरालो लागेको छ। आज प्रतितोला चाँदी १ हजार २१५ रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार चाँदीको भाउ पनि २५ रुपैयाँले उकालो लागेको थियो। योसँगै आज प्रतितोला चाँदीको भाउ १ हजार २३५ रुपैयाँ पुगेको थियो।
गत सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार २०५ रुपैयाँ कायम भएको थियो। गत आइतबार भने चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २१० रुपैयाँ कायम भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19