काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको हो। यो गिरावटसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ६६० रुपैयाँ कायम भएको छ।
गत साता कारोबारको अन्तिम दिन शुक्रबार पनि तोलामा २०० रुपैयाँ घट्दै प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको थियो।
गत बिहीबार भने सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। यो दिन तोलामै ९०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ पनि आज स्थिर रहँदै तोलाको ९८० रुपैयाँ नै रहेको छ। गत शुक्रबार पनि चाँदी तोलाको ९८० रुपैयाँमै कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19