काठमाण्डौ । यो साता कारोबारको पाँचौँ दिन बिहीबार सुनको भाउमा भारी गिरावट आएको छ।
आज सुनको भाउ तोलामै १ हजार ६०० रुपैयाँको गिरावट आएको हो। यो गिरावटसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो बुधबार सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड १ लाख ४०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ९०० रुपैयाँ कायम भएको थियो। अघिल्लो दिन मंगलबार भने तोलामै २ हजार २०० रुपैयाँको बढोत्तरीका साथ प्रतितोला फाइन गोल्ड १ लाख ४०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ९०० रुपैयाँको उचाइमा पुगेको थियो।
गत सोमबार भने तोलामै २०० रुपैयाँ घटेर प्रतितोला फाइन गोल्ड ९८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
साताको कारोबारको पहिलो दिन आयतबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार ४०० रुपैयाँ तेजाबी गोल्ड ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
गत साता लगातार सुनको भाउमा गिरावट आएको थियो। जसका कारण गत साताभरि सुनको भाउ तोलामै ४ हजार ९०० रुपैयाँको गिरावट आएको थियो।
गत साउन २३ गते नेपाली बजारमा सुनको भाउले हालसम्मकै उच्च दर कायम गरेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ४ रुपैयाँ घटेर चाँदीको भाउ १ हजार ३७५ रुपैयाँ कायम भएको थियो।
गत मंगलबार भने चाँदीको भाउ तोलामै ६५ रुपैयाँ बढेर १ हजार ३८० रुपैयाँ कायम भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19