काठमाण्डौ । गत साता लगातार घटेको सुनको भाउ यो साता कारोबारको पहिलो दिन आइतबार बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।
गत साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउमा ७०० रुपैयाँको गिरावट आएको थियो। यो गिरावटसँगै त्यस दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९६हजार ४०० रुपैयाँ कायम भएको थियो।
गत साताभरि सुनको भाउ १ हजार ९०० रुपैयाँले घटेको थियो।
आज चाँदीको भाउ भने स्थिर रहँदै तोलको १ हजार ३४० रुपैयाँ नै कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ तोलामा ५ रुपैयाँ घट्दै १ हजार ३४० रुपैयाँ कायम भएको थियो।
समग्रमा गत साताभरि चाँदीको भाउमा जम्मा ५ रुपैयाँको गिरावट आएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19