काठमाण्डौ । निकै उतारचढावबीच आज बुधबार सुनको भाउ स्थिर रहेको छ।
यो साता लगातार दुई दिन घटेर हिजो मंगलबार ह्वात्तै बढेको सुनको भाउ आज बुधबार भने स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्ड १ लाख ४०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ९०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार तोलामै २ हजार २०० रुपैयाँ बढेर प्रतितोला फाइन गोल्ड १ लाख ४०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ९०० रुपैयाँ कायम भएको थियो। अघिल्लो दिन सोमबार भने तोलामै २०० रुपैयाँ घटेर प्रतितोला फाइन गोल्ड ९८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
साताको कारोबारको पहिलो दिन आयतबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार ४०० रुपैयाँ तेजाबी गोल्ड ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
गत साता लगातार सुनको भाउमा गिरावट आएको थियो। जसका कारण गत साताभरि सुनको भाउ तोलामै ४ हजार ९०० रुपैयाँको गिरावट आएको थियो।
गत साउन २३ गते नेपाली बजारमा सुनको भाउले हालसम्मकै उच्च दर कायम गरेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो मंगलबार तोलामै ६५ रुपैयाँ बढेर चाँदी १ हजार ३८० रुपैयाँ कायम भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19