काठमाण्डौ। साताको तेस्रो कारोबार दिन मंगलबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार सुनको भाउ तोलामै ९०० रुपैयाँले उकालो लागेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९५ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
साताको पहिलो दिन आइतबार भने सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। गत साता शुक्रबार तोलामा ८०० रुपैयाँले बढ्दै प्रतितोला फाइन गोल्ड ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८५० रुपैयाँमा कारोबार भएको छ।
आज चाँदीको भाउ पनि ५ रुपैयाँले ओरालो लागेर तोलाको १ हजार ३१५ रुपैयाँ कायम भएको छ। हिजो सोमबार चाँदीको भाउ तोलामै ४० रुपैयाँ बढेर १ हजार ३२० रुपैयाँ कायम भएको थियो। गत आइतबार भने भाउ स्थिर रहँदै चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19