काठमाण्डौ । एनआइसी एशिया बैंकले तनहुँको आबुखैरेनी र गोरखाको गोरखा नगरपालिकामा आफ्ना २ नयाँ शाखा संचालनमा ल्याएको छ । 

आबुखैरेनी गाउँपालिका वडानम्बर ३ र गोरखाको वडानम्बर ६  हरमटारीमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी शाखा कार्यालय संचालनमा ल्याइएको हो ।

आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष गिरबहादुर थापाबाट आँबुखैरेनी शाखाको र गोरखा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशीबाट गोरखा शाखाको औपचारिक रुपमा समुद्घाटन सम्पन्न भएको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवम् ४ एक्सटेन्सन  काउण्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।