Symbolic Photo
काठमाण्डौ । बच्चाको पालनपोषणसँग जोडिएका सबै सानाठूला खर्चलाई ध्यानमा राख्न सकिँदैन । यस्ता अनगिन्ती नसोचेका खर्च हुन्छन्, जुन निरन्तर भइरहन्छ । बच्चाको डायपर्स, कपडा, खेलौना, डाक्टरसँग चेकजाँच आदि । यी सबैबाहेक पनि केही यस्ता खर्च हुन्छन्, जुन एकैपटक गर्नुपर्ने हुन्छ ।
बच्चा जन्मने खबरले नै आमाबुवा निकै सन्तोष र खुसी हुन्छन् । बच्चा जन्मपछि उनीहरुमाथि जिम्मेवारीको भावना सिर्जना हुन्छ । आमाबाबुलाई आफ्नो आर्थिक अवस्था ठीक राख्नुपर्छ भन्ने मनन पनि हुन थाल्छ । त्यसैले बच्चा जन्माउने तयारीमा हुनुहुन्छ भने पहिला आफ्नो वित्तीय योजना पनि बनाउन जरुरी हुन्छ । तल दिइएका टिप्स् पढ्नुहोस्, आमाबाबु बन्न लागेका दम्पतीका लागि फलदायी साबित हुनेछ ।
१. बच्चा जन्माउनुअघि र पछिको अवस्थामा खर्चको अनुपातमा निकै फेरबदल हुन्छ । यस्तो अवस्थामा बच्चा जन्माउनुअघि नै भविष्यबारे सोच्दै आर्थिक योजना बनाउनुपर्ने हुन्छ । बच्चा जन्माउनुअघि नै केही पैसा बचत गरेर राख्नुपर्छ । आफ्नो आम्दानीको एक हिस्सा बच्चाको नियमित आवश्यकता पूरा गर्नका लागि छुट्याएर राख्नुपर्छ । त्यसका लागि वर्तमान अवस्थाको अनावश्यक खर्चहरु कटौती गर्नुपर्ने हुन्छ । ता कि पछि बच्चाको आवश्यकता पदार्थ सजिलै पूर्ति गर्न सकियोस् । त्यसैले पैसा बचत गर्ने तरिका सोच्नुहोस् ।
२. छोराछोरी भएको परिवारले हेल्थ वा टर्म इन्स्यारेन्स पोलिसी लिन निकै आवश्यक छ । यदि तपाइँले अहिलेसम्म इन्स्योरेन्स पोलिसी लिनुभएको छै भने तपाइँले बच्चा जन्माउनुअघि नै तुरुन्तै इन्स्यारेन्स पोलिसी बनाउनु जरुरी हुन्छ । बच्चा जन्मेपछि अझै धेरै इन्स्योरेन्ज जरुरी पर्न सकछ । टर्म इन्स्योरेन्सले यदि तपाइँलाई केही भइहाल्यो भने तपाइँको बच्चाको खर्चका लागि उपयोगीसिद्ध हुनेछ । यो इन्स्योरेन्सबाट तपाइँको बच्चाको लालनपालनमा पनि मद्दत पुग्नेछ ।
३. आफ्नो बच्चाको पढाइका लागि एउटा सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान बनाउनु होस् । विद्यालय शिक्षादेखि उच्च शिक्षा दुवै अहिलेको परिस्थितिमा सस्तो छैन । यस्तो अवस्थामा तपाइँले आफ्नो नियमित आम्दानीबाट बच्चाको पढाइका लागि केही हिस्सा बचत गर्दै त्यो रकम राम्रो आम्दानी हुने ठाउँमा लगाउनुहोस् । यसले भविष्यमा तपाइँको बच्चाको अध्ययन पूरा गर्नमा निकै मद्दत मिल्ने छ । भविष्यमा तपाइँको बच्चाले के पढ्ला भनेर अहिल्यै थाहा हुँदैन । त्यसैले यस्तो अवस्थामा भविष्यमा बच्चाको पढाइमा जति नै खर्च गर्न परे पनि गर्न सक्छु भन्ने हिसाबले तपाइँले आफ्नो बचतको दायरालाई बढाउँदै लैजान जरुरी हुन्छ ।
४. अन्तमा एउटा महत्वपूर्ण कुरा, जतिखेर तपाइँलाई आफूहरु आमाबुवा बन्न लागेको थाहा, त्यही बेलादेखि यदि तपाइँले कतैबाट ऋण लिनुभएको छ भने त्यसलाई कम गर्दै जानुहोस् । तपाइँले जति ऋण कम गर्दै जानुहुन्छ, त्यति नै तपाइँको बच्चाको आवश्यकता पूरा गर्न तपाइँले रकम जम्मा गर्न सक्नुहुन्छ । – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19