काठमाण्डौ । अर्थतन्त्रको बाह्य क्षेत्र केही सुधार भएका कारण राष्ट्रबैंकले भारत तथा अन्य मुलुकबाट हुने आयातलाई केही खुकुलो बनाउने गरी विदेशी विनिमय कारोबारमा नयाँ व्यवस्थाहरु गरेको छ । 

केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्न 'इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९' मा संसोधन गर्दै आयात व्यापारमा निर्भर साना आयातकर्तालाई राहात हुने गरी केही खुकुलो नीति ल्याएको हो । 

इजाजतप्राप्त परिपत्र १ २०७९ को दफा १.२.१ को बुँदा नम्बर (ञ) मा संसोधन गर्दै राष्टबैंकले एकपटकमा अधिकतम अमेरिकी डलर साठी हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान मात्र आयात गर्न सकिने व्यवस्था गरेको छ । यसअघि अमेरिकी डलर ५० हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसमान मात्र आयात गर्न सकिने व्यवस्था थियो । 

नयाँ व्यवस्थामा केन्द्रीय बैंकले एकपटक सटही सुविधा प्राप्त गरेपछि पुनः सोही निर्यातकर्ताबाट अर्को सीपमेन्टको वस्तु आयातका लागि सटही सुविधा प्राप्त गर्न विभिन्न शर्तहरु तोकिएका छन् । ती शर्त यस्ता छन्:

इजाजतप्राप्त परिपत्र १ २०७९ को दफा १.२.२ को बुँदा नम्बर (ड)मा समेत राष्ट्रबैंकले संसोधित व्यवस्था ल्याएको छ । यो व्यवस्थाबमोजिम एकपटकमा अधिकतम अमेरिकी डलर ६० हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान मात्र आयात गर्न सकिने व्यवस्था गरिएको छ । भारतबाट हुने आयातको हकमा यस्तो सीमा भारतीय रुपैयाँ ३ करोडसम्मको हुने व्यवस्था भएको छ । 

यसअघि एकपटकमा अधिकतम अमेरिकी डलर ५० हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान मात्र आयात गर्न सकिने व्यवस्था थियो । 

यो नयाँ व्यवस्थामा पनि केन्द्रीय बैंकले एकपटक सटही सुविधा प्राप्त गरेपछि पुनः सोही निर्यातकर्ताबाट अर्को सीपमेन्टको वस्तु आयातका लागि सटही सुविधा प्राप्त गर्न विभिन्न शर्तहरु तोकिएका छन् । ती शर्त यस्ता छन्:

यस्तै एकीकृत परिपत्र इ.प्रा. परिपत्र: १ २०७९ मा अन्यत्र उद्योगले गर्ने आयातको हकमा दुई प्रतिशत र व्यापारिक संस्थाले गर्ने आयातको हकमा १० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था भएतापनि विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजश्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत हुने आयातको हकमा उद्योगले एक प्रतिशत र व्यापारिक संस्थाले तीन प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ ।