काठमाण्डौ । विश्वमा अहिले अटोमोबाइल कम्पनीहरु धमाधम इलेक्ट्रिक गाडीहरु निर्माण गरिरहेका छन्। तर इलेक्ट्रिक गाडीहरुलाई लिएर ग्राहकको प्रमुख चिन्ताको विषय भने चार्जिङ नै हुनेछ गरेको छ।
अब ग्राहक चार्जिङको तनावबाट मुक्त हुने भएका छन्। गाडी निर्माता अमेरिकी कम्पनी अप्टेराले ग्राहकलाई यो चिन्ताबाट मुक्त गरेको हो। कम्पनीले यस्तो इलेक्ट्रिक कार बनाएको छ, जसलाई चार्ज गर्नै पर्दैन। अप्टेराले निर्माण गरेको इलेक्ट्रिक कारलाई चार्जिङ गर्न विद्युत् आवश्यक पर्दैन। यो सूर्यको किरणबाट आफैँ चार्ज हुन्छ।
कम्पनीले दाबी गरेको छ कि सूर्यको किरणबाट एकपटक पूर्ण रुपमा चार्ज हुँदा यो कारलाई १ हजार ६०० किलोमिटरसम्म गुडाउन सकिन्छ।
कम्पनीको यो कार केवल ३.५ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पिड लिन्छ। यसको अधिकतम स्पिड भने १७७ किलोमिटर प्रतिघन्टा रहेको छ।
अप्टेराले हालै आफ्नो सोलार पावर्ड इलेक्ट्रिक भेइकलको प्रि–अर्डर सेल सुरु गरेको थियो। यो कार २४ घन्टाभन्दा कम समयमै सबै बिक्री भएको छ।
अप्टेराले यो कारको सुरुआती मूल्य अमेरिकामा २५ हजार ९९० डलर अर्थात ३० लाख रुपैयाँ बढी तोकेको छ।
एप्टेराको यो नयाँ इलेक्ट्रिककाको डिजाइन सानो जेट फ्लाइटजस्तै रहेको छ। यो दुईसिटे क्षमताको छ। यो कार सेतो, कालो र सिल्भरजस्ता एक्सटेरियर कलर अप्सन्समा लन्च गरिएको थियो।
अप्टेराले यो कारमा २५.० केडब्ल्यूएचदेखि १००.० केडब्ल्यूएचसम्मको ब्याट्री जडान गरेको छ। यो इलेक्ट्रिक कारले फरकफरक मोडलमा १३४बीएचपीबाट २०१बीएचपीसम्म पावर जेनरेट गर्न सक्छ।
कम्पनीले आउँदो वर्षबाट यो कारको उत्पादन र वितरण सुरु गर्ने योजना बनाएको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19