काठमाण्डौ । चर्को आवाज नै रोयल इनफिल्डको बुलटको छुट्टै पहिचान बनाएको छ। यदि तीव्रगतिमा रहेको बुलेट बाइक छेउबाट गयो तर कसैले थाहै पाएनन्। यो कसरी सम्भव छ ? तर, यो सत्य हो। 

अहिले अटो सेक्टरमा तीव्रगतिमा विद्युतीय गाडीको माग बढिरहेको छ। रोयल इनफिल्डको विद्युतीय अवतारको पर्खाइमा बाइकपारखीहरु रहेका छन्।  

अब पर्खाइ लगभग सकिएको छ। बुलेटको विद्युतीय बाइक बेंगलुरुको बुलेटियर कस्टम्सले बनाएको छ। यो इलेक्ट्रिक बुलेटको नाम ‘ग्यासोलिन’ राखिएको छ। 

बुलेटियर कस्टम्सले विगत १६ वर्षदेखि रोयल इनफिल्डका सवारीसाधनलाई विशेष रुपमा कस्टमाइजेसन गर्दै आएको छ। हालै कम्पनीले रोयल इनफिल्डको चर्चित बाइक १९८४ मोडलको बुलेटलाई विद्युतीय अवतारमा विकास गरेको छ। 

फर्मका संस्थापक रिकार्डो परेरासँग १९८४ मोडेलको रोयल एनफिल्ड बुलेट छ। जुन उनको बुबाले उपहार दिएका थिए। जुन परम्परागत गियर प्रणालीका साथ आएको थियो। 

परेरा आफ्नो छोरालाई विद्युतीय बाइक दिन चाहन्थे र यहीँबाट उनको पुरानो बुलेटलाई विद्युतीय अवतारमा परिणत गर्ने आइडिया आयो। यसका लागि उनले पुरानो बाइकमा धेरै परिवर्तन गरे। जस्तै– बाइकको लुक र डिजाइन। उनले बाइकको मेकानिजममा महिनौँसम्म काम गरे।

परेराले बाइकलाई आकर्षक लुक दिनका लागि चेसिसलाई ३ इन्चले लम्बाइएएका छन्। यसबाहेक यसमा नयाँ डिजाइनको फ्युल ट्यांकी दिइएको छ। इन्जिनको भाग हटाएर त्यहाँ ब्याट्री राखिएको छ। ब्याट्री ढाक्नका लागि विशेष डिजाइन गरिएको कभर बनाइएको छ। जुन ठूलो इन्जिनजस्तो देखिन्छ। यसलाई इन्धन ट्यांकीको तल राखिएको छ। बाइकको कन्ट्रोलरलाई इन्धन ट्यांकीमा राखिएको छ। जसले विभिन्न ड्राइभिङ मोड प्रदान गर्दछ। यसको कन्ट्रोलरले नाइट्रो बुस्ट सिस्टम पनि उपलब्ध गराएको छ। जसका कारण बाइकको मोटर प्रारम्भिक ५ सेकेन्डसम्म निकै पावरफुल हुन्छ।

विद्युतीय बुलेट बनाउन मुम्बईको गोगो ए १ फर्मबाट ५ किलोवाट क्षमताको बीएलडीसी हब मोटर लिइएको छ। यसबाहेक बेंगलुरुस्थित माइक्रोटेकबाट प्राप्त गरिएको ७१भी ८०एएच ब्याट्री प्याक प्रयोग गरिएको छ। यो बाइकले रेगुलर मोडमा ९० किमी र इकोनोमी मोडमा १०० किमीभन्दा बढीको ड्राइभिङ रेन्ज दिन्छ।

यसको ब्याट्री पूर्ण चार्ज हुन करिब ७ घन्टा लाग्छ र यसलाई १५ एम्पियरको घरेलु सकेटमा जडान गरेर चार्ज गर्न सकिन्छ। यसको उच्च गति प्रतिघन्टा ११० किलोमिटर रहेको छ। –एजेन्सी