काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ०.४५ प्रतिशतले घटेको हो । गत वर्ष यही अवधिमा संस्थाले १४ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा संस्थाले २२ करोड ८३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । जुन गत वर्ष यही अवधिमा २३ करोड ११ लाख रुपैयाँ रहेको थियो । 

दोस्रो त्रैमासमा संस्थाले २३ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । जुन गत वर्ष यही अवधिमा २३ करोड ३७ लाख रुपैयाँ थियो ।

यो अवधिमा संस्थाले ७ अर्ब २१ करोड रुपैयाँ सापटी लिई ७ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ६ अर्ब १८ करोड रुपैयाँ सापटी लिई ७ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिमा संस्थाले रिजर्भको आकार ८.८९ प्रतिशतले बढाएको छ । गत वर्ष यही अवधिमा १ अर्ब ४३ करोड रुपैयाँ रहेको रिजर्भमा बढेर १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी ८९ करोड ९३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी ७९ करोड ९३ लाख रुपैयाँ रहेको थियो । 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३२.५१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १९.३८ रहेको छ ।