काठमाण्डौ । दिनभर उतारचढाव देखिएको सेयर बजार अन्तिम समयमा सामान्य अंकले बढेर बन्द भएको छ। आजसम्म बजारमा लगातार ८ दिन बढोत्तरी आएको छ। योसँगै सबै इन्डिकेटरले बजार बुलिस हुँदै गरेको देखिन्छ। 

डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा बजार अप्पर ब्यान्डसँगै हिँड्न खोजेको देखिन्छ। बुधबार सुटिङ स्टार बनेको बजारमा आज ड्रागन फ्लाई डोजी बनेको छ। यो भनेको बजारमा नाफा बुक हुँदै गरेको छ भन्ने हो। 

बजारलाई कारोबार तथा भोलुममार्फत हेर्दा अघिल्लो कारोबारभन्दा आज करिब २ अर्ब रुपैयाँ कम कारोबार भएको छ। 

बजारलाई आवरली बेसमा हेर्दा म्याक्डीमा करिब २ सातापछि आज बियरिस क्रसओभर बनेको छ।  हिस्टोग्रमा पनि नेगेटिभ बनेका छन्। 

अवरली बेसमै मूल्यरेखाले अपर ब्यान्ड छोडेर मध्य ब्यान्डतर्फ आकर्षित हुँदै गरेको देखिन्छ। तर, आज अन्तिम आवरमा भोलुमसहित कारोबार बढेको छ। यो राम्रो पक्ष हो। 

आवरली बेसमै आरएसआईमार्फत हेर्दा बजार ओभरबट जोन ८० मा पुगेर तल खसेको छ। हाल यस्तो विन्दु ६६ को तहमा पुगेको छ। यस्तो विन्दु यसअघि ७७ को तहबाटै खसेको थियो। 

समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा लगातार बढेको बजारमा पछिल्लो २ वटा कारोबारमा तीव्र नाफा बुक भएको देखिन्छ। 

बजारलाई  प्राइस एक्सनमार्फत ट्रेन्डका हिसाबले हेर्ने हो भने अप टे«न्ड नै देखिन्छ। 

यदि आगामी कारोबारमा बजार घटेमा पिभट प्वइन्ट र बोलिंगर ब्यान्डमार्फत हेर्दा २००० को विन्दुमा बलियो सपोर्ट देखिन्छ। त्यसपछि पनि करेक्सन आएमा क्रमशः १९७१ र १९१८ मा बलियो सपोर्ट लिन सक्छ। तर, बढेमा भने बजारले अघिल्लोपटकको प्रतिरोध क्रमशः २०६६, २१०९ र २१६० मा प्रतिरोध सामना गर्न सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।