काठमाण्डौ । दैनिक चार्टअन्तर्गत बजार घट्दा ओभर सोल्ड जोन २५ को तहमा पुगेको बजारले आज ६० को तहमा प्रतिरोध सामाना गरेको छ। 

आरएसआईमै डाउ थेउरीअन्तर्गत पनि बजारले हायर हाई बनाउँदै गएको देखिन्छ। (हेर्नुहोस् तस्बिरमा)

बोलिंगर ब्यान्डमा पनि बजारले अप्पर ब्यान्डमा आज स्पिनिङ टप क्यान्डल बनाएको छ। हरियो मारुबुजु क्यान्डलपछि यस्तो क्यान्डल बनेकोले बजारमा सामान्य करेक्सन हुन सक्ने देखिन्छ। 

म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक र लामा–लामा भएका छन्। यसले बजार आगामी दिनमा करेक्सन हुँदै माथि नै जान सक्छ। 

सुपर ट्रेन्डले भने बजार बुलिस नै रहेको देखाउँछ। आगामी दिनमा आरएसआईमा करेक्सन आएमा र ५० को न्युट्रल तहभन्दा माथि नै रहेमा बजारको माथिको यात्रा कायमै रहन सक्नेछ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारको सिफारिस हैन।