– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल पनि एउटा हो।
यो बैंक अन्तर्राष्ट्रिय समूह स्ट्यान्डर्ड चार्टर्डले सन् १९८७ देखि नेपालमा सञ्चालनमा ल्याएको हो। स्ट्यान्डर्ड चार्टर्ड समूहले विश्वमा १६० वर्षभन्दा लामो इतिहास बोकेको छ। बैंकमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र नेपाली सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व छ।
यो बैंकको देशभभर १४ वटा शाखा र २८ वटा एटीएम सञ्चालनमा छन्। देशभर यस बैंकमा ५०४ भन्दा बढी कर्मचारी कार्यरत छन्।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकको चुक्तापुँजी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। बैंकको रिटेन अर्निङ ३ अर्ब ३ करोड र रिजर्भमा ६ अर्ब ५४ करोड रुपैयाँ रहेको छ।
पहिलो त्रैमासमा बैंकले ८१ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको ४८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले समीक्षा अवधिमा बैंकको नाफा ६८.३९ प्रतिशतले बढेको देखिन्छ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि बढोत्तरी भएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा २२.४८ रुपैयाँ ईपीएस रहेकोमा समीक्षा अवधिमा बढेर ३४.४२ रुपैयाँ कायम भएको छ। बैंकको रिटर्न अन इक्विटी (आरओई) पनि बढेर १७.१ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्ष यही अवधिमा आरओई ११.५१ प्रतिशत थियो। बैंकको पीई रेसियो १४.४३ गुणा छ। यो भनेको बैंकको सेयर अन्डर भ्यालु हो।
प्राविधिक पक्ष
फियर एन्ड ग्रिड मिटरका आधारमा
फियर एन्ड ग्रिड मिटरका आधारमा यो बैंकको सेयर हाल साप्ताहिक बियरिस सेन्टिमेन्ट रहेको देखिन्छ। यसले यो बैंकको सेयरमा बिक्री दबाब परेको बुझिन्छ। बैंकको ५२ साताको उच्च मूल्य प्रतिकित्ता ५५० रुपैयाँ र न्यून मूल्य ३८३ रुपैयाँ कायम भएको थियो। अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ३९६ रुपैयाँ कायम भएको छ।
यो बैंकको १० वर्षको वार्षिक औसत लाभांश दर ३६.६७ प्रतिशत रहेको छ।
बोलिंगर, म्याक्डी र आरएसाआईका आधारमा
स्ट्यान्डर्ड चार्टर्ड बैंकको दैनिक चार्टअन्तर्गत बोलिंगरमार्फत हेर्दा हाल ब्यान्डको तल्लो विन्दु चलेको देखिन्छ। तल्लो ब्यान्डमा हरियो क्यान्डल बनेको देखिन्छ। यसले यो बैंकमा विस्तारै खरिदको अवस्था बनेको देखिन्छ।
म्याक्डीमा गत २७ नोभेम्बरमा बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै छ। हिस्टोग्राम छोटा र फिक्का बन्दै गएका छन्।
आरएसआई हाल ३८ को ओभर सोल्ड नजिक रहेको छ।
पिभट प्वइन्टका आधारमा
पिभट् प्वइन्ट निकाल्न सुरु, अधिकतम, न्यूनतम र अन्तिम ४ वाट मूल्य आवश्यक पर्छ। यी ४ वटा मूल्यलाई जोडेर निकालिएको औसत मूल्यलाई पिभट मूल्य अर्थात विन्दु भनिन्छ। यसले बजारको प्रतिरोध र सपोर्ट खोज्न सहयोग गर्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः ४००
घटेमा सपोर्ट
निष्कर्ष
आधारभूत रुपमा हेर्दा स्ट्यान्डर्ड चार्टर्ड हालका वाणिज्य बैंकहरुको तुलनामा कम पुँजी भएको बैंकका रुपमा मान्न सकिन्छ। बैंकको पुँजीमा बढोत्तरी नहुँदा ईपीएस र खुद नाफामा बढोत्तरी आएको देखिन्छ। बैंकको रिजर्भमा पुँजीका आधारमा ६७ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलानामा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा रिटर्न अन इक्विटीमा बढेको देखिन्छ।
प्राविधिक रुपमा यो बैंक आरएसआई ओभर सोल्ड जोननजिक रहेको देखिन्छ। यस हिसाबले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन सबै खालका लगानीकर्ताका लागि यो बैंकको सेयरमा लगानी गर्न उपयुक्त हुने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19