काठमाण्डौ । विगत डेढ वर्षमा सेयर बजार ४ पटक १८०० नजिक आएको छ। यसअघि सन् २०२२ को जुन महिनामा  १८०६  मा  आएको बजार सोही वर्ष सेक्टेम्बर महिनामा पुनः १८३५ सम्म आएको थियो। त्यसपछि बजारले सन् २०२३ को मे महिनामा पुनः १८०८ सम्म आयो। त्यहाँबाट पुनः २२२२ नजिक पुगेको बजार आज १८२६ मा बन्द भएको छ। 

आज पनि बजारले १८१८ लाई टेस्ट गरेर केही अंक सुधार भएको छ। तर, यसको त्यति धेरै अर्थ नरहन सक्छ। 

बजार घट्दा भोलुम भने १ अर्बभन्दा तल आएको छ। भोलुममार्फत बजारलाई नियाल्दा विगतमा पनि १ अर्ब तल कारोबार भएपछि बजारले उकालो यात्रा लिएको थियो। 

लामो समयदेखि आरएसआईबाट हेर्दा भने डेली बेसमा ओभर सोल्ड जोन ३० भन्दा तल वा आसपास आएपछि बजार बाउन्स भएका धेरै उदाहरण देखिन्छन्। यस हिसाबले यदि बजार १८०० बाट तल नै जान्छ भने पनि एकपटक बाउन्स भएरमात्रै जान सक्छ। 

बजारलाई एक घन्टाको समयावधिमा हेर्दा आरएसआईमा बुलिस डाइभर्जेन्स देखिन्छ। यो भनेको बजार घट्दा पनि आरएसआई माथि–माथिबाट फर्केको अवस्था हो। 

भोलुम १ अर्बभन्दा तल आउनु र आरएसआईमा बुलिस डाभर्जेन्स देखिनुले बजार कुनै पनि समयमा  बाउन्स हुन सक्ने देखिन्छ। यस हिसाबले धेरै पटक यो विन्दुमा सपोर्ट लिएको बजार इन्ट्रा डेमा  १८०० बाट तल खसिहाले पनि बन्द भने माथि नै हुने प्रबल सम्भावना रहन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।