काठमाण्डौ । विगत ३ सातादेखि निरन्तर घटेको सेयर बजार आज साताको पहिलो कारोबार दिन पनि उल्लासमय हुन सकेन। दिनभर घटेको बजार अन्तिम समयमा ३० अंकले ओरालो लागेर बन्द भएको छ।
प्राविधिक रुपमा आज बजारले १९६० को सपोर्ट विन्दु भत्काएपछि लगानीकर्ताहरु दोस्रो बजारमा निरुत्साहित देखिन्छ। बजारले यसरी एकपछि अर्को सपोर्ट भत्काएपछि लगानीकर्तामा अबको बलियो सपोर्ट कति–कतिमा हुन सक्छ भन्ने जिज्ञासा भेटिन्छ।
बढ्दा पनि एकैपटक नबढ्ने र घट्दा पनि एकैपटक नघट्ने बजारको नेचर रहेको हुन्छ। घटिरहेको बजार अब कति–कतिमा सपोर्ट छ भनेर हेर्ने एउटै उपाय भनेको पिभट प्वइन्ट पनि हो। बजार हाल यो साताको पिभट प्वइन्ट १९९० भन्दा तल–तल कारोबार भइरहेको छ। यसले बजार कमजोर रहेको देखिन्छ।
त्यसपछिको पहिलो सपोर्ट भनेको १९३८ को विन्दु देखिन्छ। यो विन्दुमा आज बजारले केही सपोर्ट लिन खोजेको देखिन्छ। (हेर्नुहोस् कालो एरो)
यदि बजार त्यहाँबाट पनि तल झर्छ भने दोस्रो सपोर्ट भनेको १९०० देखि १९०८ को विन्दुमा रहेको देखिन्छ। यो विन्दुबाट पनि तल झरेमा भने बजारले यसअघिको बलियो सपोर्ट अर्थात पिभट प्वइन्टको तेस्रो विन्दु १८५५ मा देखिन्छ।
बोलिंगर ब्यान्डमार्फत हेर्दा बजार ब्यान्डको तल्लो विन्दुमा चलेको देखिन्छ।
म्याक्डीमार्फत हेर्दा बजार लामो समयदेखि हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्। दैनिक चार्टमा आरएसआईमार्फत हेर्दा आज बजार ओभर सोल्ड जोन २९ मा पुगेको छ।
यसअघि ओभर सोल्ड जोन २२ मा पुगेपछि बजारमा बाउन्स ब्याक आएको थियो।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago